Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै नेपाल

    आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 528
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा नेपालले अफगानिस्तानविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

    बफेलो पार्क इस्ट लन्डनमा अफगानिस्तानसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो ।



    पहिले बलिङ गर्ने नेपालले दुई परिवर्तन गरेको छ। दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरा खेल्नेछन्।



    सुपर-६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।

    आईसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन्।

    दुवै समूहका शीर्ष २-२ टिमले सेमिफाइनल खेल्नेछन्। आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले हार्‍यो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार