रुपन्देही । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।
अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका हुन्।
अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८०८ र एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाए ।
महिला क्लस्टरतर्फ शर्मा ३ हजार ६६० मतभार र एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गरिन् ।
अपांगता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे ।
Leave a Reply