Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु

    हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिँदा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । मकवानपुरकाे हेटौंडा ३ बसामाडीमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

    हेटौंँडाबाट नारायणगढका लागि छुटेकाे ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंँडाका लागि छुटेकाे ना २ ह ३४६६ अटो ठोक्किँदा दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।



    घटनास्थलमै मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका ५ डिल्लीपुरका करीब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन छन् । घाइते अटो चालक मनहरी– ५ वसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार