Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • वीर अस्पतालका नर्सलाई पनि कोरोना संक्रमण

    वीर अस्पतालका नर्सलाई पनि कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । वीर अस्पतालको इमरजेन्सीमा कार्यरत नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    अस्पताल निर्देशक डा. केदार सेन्चुरीले बुधबार गरिएको परीक्षणको क्रममा ती नर्समा कोरोना संक्रमण देखिएको बताए।



    उनका अनुसार मंगलबारसम्म इमरजेन्सीमा कार्यरत ती नर्सका पतिमा संक्रमण देखिएपछि बुधबार प्राइमरी कन्ट्याक्टको रुपमा नर्सको परीक्षण गरिएपछि पाजेटिभ देखिकाे हाे।



    स्राेतका अनुसार उहाँका दुई जना छोराछोरी रहेछन् उनीहरुमा पनि कोरोना संक्रमित रहेका छन् । आकस्मिक कक्षको नर्समा संक्रमण भएपनि अहिलेसम्म सेवा सुचारु रहेको बताइएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार