Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • रक्षामन्त्री खड्का र संयुक्त राष्ट्रसंघकी उपमहासचिवबीच भेटवार्ता

    रक्षामन्त्री खड्का र संयुक्त राष्ट्रसंघकी उपमहासचिवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 717
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र संयुक्त राष्ट्रसंघकी अन्डर सेक्रेटरी जनरल इजुमी नाकामित्सुबप्च भेटवार्ता भएको छ ।

    रक्षामन्त्री खड्कासँग नाकामित्सुलेले सिंहदरबारमा भेट गरेकी हुन्। भेटमा उपप्रधानमन्त्री खड्काले नाकामित्सुलाई स्वागत गर्दै संयुक्त राष्ट्रसंघबाट भएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे।



    रक्षामन्त्री खड्काले नेपाल र संयुक्त राष्ट्रसंघबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको, नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्‍त गरेदेखि नै संयुक्त राष्ट्रसंघको कार्यक्रमहरूमा सहभागी हुँदै आएको र संयुक्त राष्ट्रसंघको वडापत्र एवं जिम्मेवारीप्रति प्रतिवद्ध रहेको उल्लेख गरे।



    विश्व शान्ति कायम गर्ने संयुक्त राष्ट्रसंघको उद्देश्य प्राप्‍तिमा नेपाल सक्रियतापूर्वक लागि रहेको र यसै सन्दर्भमा विश्वका १२ राष्ट्रका १३ वटा मिसनमा छ हजारभन्दा बढी शान्ति सैनिक परिचालन गरी महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको कुरा रक्षामन्त्री खड्काले उल्लेख गरे।

    साथै, नेपालले लैङ्गिक हिंसा तथा यौन दुर्व्यवहारमा शून्य सहनशीलताको नीति लिएको समेत उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार