Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • आईसीसी यू-१९ विश्वकप : नेपालले दियो पाकिस्तानलाई १९८ रनको लक्ष्य

    आईसीसी यू-१९ विश्वकप : नेपालले दियो पाकिस्तानलाई १९८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 654
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसामु १९८ रनको चुनौती पेस गरेको छ ।

    दक्षिण अफ्रिकामा जारी खेलअन्तर्गत निर्धारित ५० ओभरमा नेपालले १० विकेट गुमाएर १९७ रन मात्र जोड्न सक्यो ।



    नेपालको पारीमा विपिन रावलले सर्वाधिक ३९, दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारीले २०, गुल्सन झाले १८ र आकाश चन्दले १६ रनको योगदान गरे।



    दीपेश कंडेलले १३ रन जोडेको पारीमा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि अराफात मिन्हासले सर्वाधिक ३ विकेट लिए ।

    पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार