Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • पाकिस्तानविरुद्ध नेपालको पाँचौं विकेट पतन

    पाकिस्तानविरुद्ध नेपालको पाँचौं विकेट पतन

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 765
    SHARES

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा पाकिस्तानविरुद्ध पाँच विकेट गुमाएको छ ।

    बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २७ ओभरमा ५ विकेट गुमाउँदै ९६ रन बनाएको छ ।



    विपिन रावल ६८ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।नेपालले पाँचौं विकेटको रूपमा ओपनर विपिन रावललाई गुमाएको हो । उनी २६.४ ओभरमा ३९ रनमा क्याच आउट हुन पुगे ।



    विपिन अराफात मिन्हासको बलमा आउट भएका हुन् । चौथो विकेटको रूपमा नेपालले विकेटकिपर उत्तम थापा मगरलाई गुमायो । उनलाई पनि अराफातले चार रनमा आउट गरे ।

    यस्तै, १७.१ ओभरमा कप्तान देव खनाल आउट भए । उनी छक्का हिर्काउने धुनमा २३ रनमा क्याच आउट हुन पुगे । यसअघि नेपालले आकाश त्रिपाठी र अर्जुन कुमाललाई गुमाउन ६/६ रनमा गुमाउन पुग्यो ।

    आकाश ६.५ ओभरमा क्याच आउट भए । नेपालले पहिलो विकेटको रूपमा ४.२ ओभरमा ओपनर अर्जुनलाई गुमायो । अघिल्लो खेलमा ९० रन बनाएका उनी आज १२ बल खेलेर ६ रनमै आउट भए ।

    अर्जुनलाई पनि अहमद हुसेनले आउट गरे । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । यो समाचार तयार पार्दासम्म नेपालले २७ ओभरमा ५ विकेट गुमाएर ९६ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार