Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पाकिस्तानविरूद्ध नेपाललाई दोस्रो झड्का, अर्जुन र आकाश आउट

    पाकिस्तानविरूद्ध नेपाललाई दोस्रो झड्का, अर्जुन र आकाश आउट

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 762
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपाली टोलीका प्रमुख ब्याटर अर्जुन कुमाल पाकिस्तानविरुद्ध सुरुवातमै आउट भएका छन्।

    अर्जुनलाई पाँचौं ओभरको दोस्रो बलमा अहमद हसनले ६ रनमा बोल्ड आउट गरेका हुन् । पहिलो खेलमा अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको इनिङ खेलेका थिए ।



    नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । नेपालले ५ ओभरमा दुई विकेट गुमाउँदै ४३ रन बनाएको छ ।



    दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुई विकेट गुमाइसकेको छ। ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए।

    अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए। यस्तै आकास त्रिपाठी ६.५ ओभरमा पाकिस्तानका अहमेद हुसेनको बलमा ६ रनमै क्याच आउट भए।

    त्यतिबेला नेपालले ४३ रन जोडेको थियो। अहिले ओपनिङ ब्याटर विपिन रावल र कप्तान देव खनाल खेलिरहेका छन्।

    न्युजिल्यान्डविरुद्ध खेलेका दीपक बोहरा ‘ए’, दिपक बोहरा ‘बी’ र तिलक भण्डारी आजको टिममा छैनन्।आज विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्तालाई खेलाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार