Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘भारतीय मिडिया फेक न्युजका कारखाना’

    ‘भारतीय मिडिया फेक न्युजका कारखाना’

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.4K
    SHARES

    भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जीले भारतीय मिडिया फेक न्युज सम्प्रेषण भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले भारतका ख्यातिप्राप्त पत्रकारहरुबाट नै गलत समाचार सम्प्रेषण भएपछि दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा ट्वीट गरेका छन्।

    उनले आफ्ना बाबु पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्यलाई लिएर भारतीय सञ्चारमाध्यममा आइरहेका समाचारलाई लिएर सो टिप्पणी गरेका हुन् । भारतीय सञ्चारमाध्यमले मुखर्जीको अवस्था चिन्ताजनक रहेको समाचार प्रकाशन प्रशारण गरेपछि उनका छोराको टिप्पणी आएको हो ।



    उनले भारतका प्रतिष्ठित सञ्चारकर्मीबाट नै सामाजिक सञ्जालमा आफ्ना बाबुको स्वास्थ्यबाट गलत सन्देश प्रवाह भएको भन्दै यसको प्रतिबिम्ब सञ्चारमाध्यममा समेत देखिएको उल्लेख गरेका छन् ।



    उनले भारतका सञ्चारमाध्यम ‘फेक न्युज’ उत्पादन गर्ने कारखाना भएको आरोप समेत लगाएका छन् । उनले ट्विटमार्फत आफ्ना बाबुको स्वास्थ्यअवस्था स्थिर रहेको पनि जानकारी दिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार