Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 585
    SHARES

    फाइल तस्विर

    सिन्धुली । सिन्धुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

    सिन्धुलीको भिमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।



    डगाबाट भिमानतर्फ जाँदै गरेको उक्त ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।



    ठक्करबाट बा ५८ प ९१४१ नम्बरमा सवार रौतहटको गुजरा नगरपालिका-२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ मोटरसाइकलका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६३ वर्षीय विष्णुबहाजुर थिङ घाइते भएका थिए।

    उनीहरूलाई मंगलबार नै उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकोमा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका थिङ उपचारपछि डिस्चार्ज भइसकेका छन्।

    ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार