Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • समुदायमा कांग्रेस अभियान सञ्चालन हुँदै, आसन ग्रहण र भाषण नहुने

    समुदायमा कांग्रेस अभियान सञ्चालन हुँदै, आसन ग्रहण र भाषण नहुने

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 585
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान औपचारिक ढाँचाका कार्यक्रम, आसन ग्रहण र भाषणविना नै गर्ने भएको छ ।

    यही माघ १३ देखि २६ गतेसम्म चल्ने अभियानमा जनताको मात्रै कुरा सुन्ने भन्दै कांग्रेसले आसन र भाषणका कार्यक्रम नगर्ने भएको हो ।



    अभियानमा तीनै तहका सरकारसँग जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने र बुझ्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । यस्ता सुझावलाई सरकारमा रहेका ठाउँमा कार्यान्वयन गर्ने र प्रतिपक्षमा रहेका ठाउँमा आवाज उठाउने पनि कांग्रेसले जनाएको छ ।



    स्थानीय तहमा भएका विकास, सकारात्मक उपलब्धि र अभ्यासको अवलोकन गर्ने पनि कांग्रेसको तयारी छ । अभियानअन्तर्गत पार्टी ६ हजार ७४३ वटै वडामा पुग्नेछ । पार्टीले पहिलो चरणको अभियानमा वडाबासीसँग खुल्ला छलफल गर्ने जानकारी दिएको छ ।

    यस्तै, समुदायमा पुगेर समूहगत छलफल र निर्दिष्ट भेटघाट अर्थात फोकस ग्रुप छलफल गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिको सेवा प्रवाह अवलोकन गर्ने, स्थानीय सरकार वडा कार्यालयमा भ्रमण र संवाद गर्ने जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार