Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – यसपटकको बजेट कनिका छरे जस्तो हुँदैन

    प्रधानमन्त्री प्रचण्डले भने – यसपटकको बजेट कनिका छरे जस्तो हुँदैन

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 684
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले भने, ‘विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ । विनासम्भाव्यता अध्ययन, विनाउपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने विडम्बना छ । त्यसबाट हामी माथि उठ्नैपर्छ । यस पटकको बजेट कनिका छरे जस्तो हुँदैन । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ । विकास निर्माणका काममा थुप्रै बेथिति छन् । यस पटक परम्परागत सोच र ढाँचाबाट माथि उठौं । सबैलाई खुशी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ । यसपटक ब्रेक-थ्रु गर्नैपर्छ ।’



    प्रधानमन्त्री प्रचण्डले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताए ।

    उनले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ नयाँ योजना थपिँदै जाँदा एकातिर काम नभएको बताए ।

    प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका संकेतहरू सकारात्मक भए पनि दबाबमुक्त भइनसकेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार