एजेन्सी । भारतीय सीमामा म्यानमार सेनाको एउटा विमान दुर्घटना भएको छ ।
विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन आएको विमान दुर्घटनामा परेको हो ।
दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए । अवतरणका क्रममा मिजोरम लेंगपुई विमानस्थलमा धावनमार्गबाट चिप्लिएर विमान भीरबाट खसेको थियो ।
यस घटनामा दुई जना गम्भीर घाइते भएको बताइएको छ । अन्य १२ जनालाई भने सामान्य चोटपटक लागेको छ ।
घाइतेहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको बताइएको छ । पछिल्लो म्यानमारमा विद्रोही र त्यहाँको सेनाबिच झडप चलिरहेको छ ।
सेनामाथि विद्रोही भारी हुन थालेपछि सयौँ सेना भागेर भारतीय सीमामा रहेको मिजोरमको ल्वांग्ताई जिल्लामा आएका थिए।
सेनाको शिविरलाई विद्रोही समूह अराकन आर्मीको लडाकुहरूले कब्जा गरेका थिए । सोमबार १८४ जनालाई म्यानमार फिर्ता लगिएको थियो ।
Leave a Reply