Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सशस्त्र प्रहरीमा नयाँ कार्यविधि : मोटा र अति दुब्लाको बढुवा नहुने, युएन मिसनमा पनि जान रोक

    सशस्त्र प्रहरीमा नयाँ कार्यविधि : मोटा र अति दुब्लाको बढुवा नहुने, युएन मिसनमा पनि जान रोक

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विदेश तालिमसम्बन्धी नीति तर्जुमा गर्दे प्रहरी कर्मचारीलाई शारीरिक स्वस्थता कायम राख्नका लागि विशेष कार्यविधि बनाएको छ ।

    तालिमका लागि विदेश जाने प्रहरी कर्मचारीको छनौटमा पारदर्शिता कायम गर्नका लागि सशस्त्रले शारीरिक स्वस्थता पनि कार्यविधि प्रयोगमा ल्याएको हो । यही कार्यविधिअनुसार नियमावली बन्ने क्रममा छ ।



    सोही अनुसार अति मोटा र अति दुब्ला सशस्त्र प्रहरीलाई युएन मिसनमा जान रोक लगाइएको छ । हाइट अनुसारको तौल नभएका अति दुब्ला र अति मोटा सशस्त्र प्रहरी कर्मचारी विदेश तालिममा जान पाउने छैनन् ।



    यस्तै उनीहरूको बढुवा हुने छैन र कमान्डरको जिम्मा पनि नपाउने भएका हुन् । ‘बीएमआई परीक्षण’ स्वास्थ्य वर्गिकरणसम्बन्धी कार्यविधि २०७९ बनेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार