Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डको निर्देशन – फाराम भरेकालाई तत्काल लाइसेन्स दिने व्यवस्था मिलाउनू

    प्रधानमन्त्री प्रचण्डको निर्देशन – फाराम भरेकालाई तत्काल लाइसेन्स दिने व्यवस्था मिलाउनू

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 831
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

    सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताए ।



    यातायात व्यवस्था विभागले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउनसमेत उनले सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार