काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपाली युवकको मृत्यु भएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिका ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको हो ।
मोक्तान गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए । मोक्तान जंगलको बाटो भएर रुस गएका थिए ।
रूसी फौजमा भर्ना भएका मोक्तानको युक्रेनविरूद्ध युद्ध लड्नेक्रममा मृत्यु भएको बताईएको छ ।
योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ।
Leave a Reply