काठमाडौं । नेपाल प्रहरीका नायब निरीक्षक (सई) वीरेन्द्र महतोले उमेर सच्याएर जागिर खाएको ठहर अदालतले गरेको छ । उनले एसएलसीको सर्टिफिकेटमा जन्ममिति कीर्ते गरेका हुन् ।
विशेष अदालतले उनलाई आइतबार दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनाएको छ । २०७८ को कात्तिक ३० गते उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
उनी प्रहरी जवान पदमा भर्ना भएका थिए । जवानमा भर्ना हुने उमेर नाघिसकेको अवस्थामा शैक्षिक प्रमाणपत्र कीर्ते गरी त्यसैको आधारमा भर्ना भएको पुष्टि भएको हो ।
नेपाल प्रहरीका कतिपय सिनियर अधिकारी समेत यसरी जन्ममिति सच्याएर भर्ना भएको स्रोत बताउँछ । उनीहरूमाथि पनि अख्तियारले छानबिन गरिरहेको छ ।
Leave a Reply