Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जाली नोट र सुन तस्करीका मुख्य योजनाकार अन्सारी प्रहरी फन्दामा

    जाली नोट र सुन तस्करीका मुख्य योजनाकार अन्सारी प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीका मुख्य योजनाकार इल्ताफ हुसेन अन्सारी प्रहरीको फन्दामा परेका छन् ।

    महानगरिय प्रहरी परिसर काठमाडौं र पर्सा प्रहरीको संयुक्त अप्रेशनमा जाली नोटका कारोबारी अन्सारी पक्राउ परेका हुन ।



    बारा हरपुर घर भएका अन्सारीको भारतीय जाली नोट कारोबारी युनुस अन्सारीसँग कनेक्सन देखिएको थियो ।



    साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि प्रहरी अनुसन्धानबाट इल्ताफ हुसेन अन्सारीको संलग्नता खुलेको थियो।

    पटक पटक जेल बसेका अन्सारी छुटेपछि  सुन तस्करीमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरले अन्सारीको खोजीलाई तीब्र बनाएको थियो ।उनलाई काठमाडौं ल्याउन लागिएको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार