Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि जोडिएको सहकारी ठगीको अनुसन्धान गर्न सीआईबीलाई फाइल बुझाउँदै सहकारी विभाग

    रवि जोडिएको सहकारी ठगीको अनुसन्धान गर्न सीआईबीलाई फाइल बुझाउँदै सहकारी विभाग

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 876
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई मुछिएको सहकारी घोटालासम्बन्धी फाइल अनुसन्धानका लागि सहकारी विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पठाउने तयारी गरेको छ ।

    विभिन्न सहकारीको बचत हिनामिनाको छानबिन गरिरहेको विभागले थप अनुसन्धानका लागि सीआईबीलाई प्रतिवेदनसहितको फाइल पठाउन लागेको हो ।



    जिबी राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड भन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो ।



    सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति लामिछानेले पनि बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ । लामिछाने र राईले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ ।

    यसअघि राई र लामिछानेविरुद्ध सहकारी विभागमा पनि उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार