Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • रुसी सेनामा भर्तीबारे प्रधानमन्त्री प्रचण्डले भने – जागिर खाने नाममा जहाँ पायो त्यहिँ जाने प्रवृति राम्रो भएन

    रुसी सेनामा भर्तीबारे प्रधानमन्त्री प्रचण्डले भने – जागिर खाने नाममा जहाँ पायो त्यहिँ जाने प्रवृति राम्रो भएन

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 654
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा रहेका नेपालीहरूलाई फिर्ता ल्याउनका लागि प्रयास गरिरहेको बताएका छन्।

    तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा बोल्दै यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसकेको बताए ।



    युगाण्डामा रुसी उप विदेशमन्त्रीसँग भेट गरेर नै नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न अनुरोध गरे।



    उनले रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीतिविपरीत, संविधानको मर्मविपरीत, संविधानको मर्मविपरीत र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावनाविपरीत सेनामा भर्ती नहुन आग्रह गरे ।

    त्यस्तै, प्रचण्डले ताइवान चीनको अंग भएको विषयमा नेपाल सरकार प्रष्ट रहेको पनि बताएका छन् । एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेकाले ताइवान चीन भन्दा अलग हो भन्न नहुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार