काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका विदेशमन्त्री मोहम्मद हसन महमुदबीच भेटवार्ता भएको छ ।
युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन अभियानका राष्ट्रहरूको १९ औं शिखर सम्मेलनको साइडलाइनमा उनीहरूको भेटवार्ता भएको हो ।
नेपाल र बंगलादेशका मन्त्रीहरूबीचको भेटमा दुई देशबीच व्यापार,
पारवहन र ऊर्जा व्यापारसहित अन्य विषयमा सहकार्य गर्नेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Leave a Reply