Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • प्रधानमन्त्री कप : कर्णालीविरुद्ध अर्धशतक हानेपछि आउट भए हरिशंकर

    प्रधानमन्त्री कप : कर्णालीविरुद्ध अर्धशतक हानेपछि आउट भए हरिशंकर

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 546
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशका कप्तान हरिशंकर शाहले कर्णाली प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

    अर्धशतक प्रहार गरेको अर्को बलमा उनी आउट भएका छन् । हरिले ६० बलमा यस प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक प्रहार गरे ।



    टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले सुरुवाती २३.१ ओभरमा २ विकेट गुमाउँदै १ सय १८ रन बनाएको छ ।



    हरि ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । २४ औं ओभरको पहिलो बलमा हरि स्पिनर दीपेन्द्र रावतको बलमा युनिस सिंहबाट क्याच आउट भए । त्यसअघिको अन्तिम बलमा एक रन जोड्दै उनले अर्धशतक पूरा गरेका थिए ।

    हरि यसअघि कोशीसँग २४, आर्मीसँग ४, वागमतीसँग १ र एपीएफसँग ८ रन बनाएका थिए । मयन यादव ३५ बलमा ३ चौकासहित २१ रनमा क्रिजमा छन् । उनलाई पवन सरार्फले साथ दिनेछन् ।

    मधेशलाई ओपनर अनिल कुमार शाह र हरिशंकर शाहले पहिलो विकेटका लागि १३.५ ओभरमा ८५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । अनिल स्पिनर दीपेन्द्र रावतलाई सट खेल्ने धुनमा चोभार एन्डतर्फ मिडअफतर्फ निश्चल रावलबाट क्याच आउट भए ।

    उनले ४४ बलमा ४ चौका र २ छक्कासहित ४४ रन बनाए । जारी प्रतियोगितामा कर्णाली ३ खेलमा २ मा जित र १ मा हारसहित छैटौं स्थानमा छ । मधेश ४ खेलमा समान २ मा जित र हारका साथ सातौं स्थानमा छ ।

    कर्णाली भैरहवामा तीन खेल खेलेर काठमाडौं आएको हो । पछिल्लो खेलमा मधेशले एपीएफलाई ५ विकेटले हराएको थियो । कर्णालीले पछिल्लो खेलमा लुम्बनी प्रदेशलाई ६० रनले हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार