Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • म्यान्माका करिब तीन सय सैनिक भागेर किन पुगे भारत ?

    म्यान्माका करिब तीन सय सैनिक भागेर किन पुगे भारत ?

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 705
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब तीन सय मान्माका सैनिक सीमा पार गरी भारत प्रवेश गरेका छन् ।

    भारतीय अर्धसैनिक बलका अधिकारीलेका अनुसार हतियार र गोलाबारुदसहित कुल २ सय ७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका हुन् ।



    म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग विद्रोही समूहले सशस्त्र आन्दोलन गरिरहेको छ। गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो ।



    यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख सहर पालेतवा र ६ वटा सैन्य अखडा कब्जा गरेको बताएको थियो। भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा संकलन गरिरहेको छ ।

    गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमाका अन्य सयौं सैनिक युद्धबाट बच्न भारततर्फ भागेको बताइएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार