काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याउने बताएका छन् ।
युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगतका लागि अनुकरणीय रहेको उनको भनाई छ ।
Leave a Reply