Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री प्रचण्ड

    प्यालेस्टाइन र इजरायलबीच शान्ति–सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 570
    SHARES

    युगान्डा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसंघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबिचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताएका छन् ।

    ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सो कुरा बताएका हुन् ।



    उनले भने, “विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्रसंघका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसङ्घपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्छ ।”



    सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले समय नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने बताए ।

    उनले भने, “युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो ।”

    नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्परिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार