Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्रीलाई युगान्डामा रहेका नेपालीको आग्रह – भिजिट भिसाको समस्या समाधान गर्नू

    प्रधानमन्त्रीलाई युगान्डामा रहेका नेपालीको आग्रह – भिजिट भिसाको समस्या समाधान गर्नू

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 681
    SHARES

    काठमाडौं । युगान्डामा रहेका नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिजिट भिसाको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

    असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गरेको कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।



    प्रधानमन्त्री प्रचण्डसँग त्यहाँ रहेका नेपालीले भिजिट भिसाका समस्याबारे कुरा उठाउँदै समाधानका लागि राज्यले पहल गर्नु पर्ने बताएका थिए । “यहाँ तपाईंहरूले उठाएका मध्ये केही कुरा महत्वपूर्ण छन् । हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरेको छु । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ”, उनले भने ।



    विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार