Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अन्नपूर्ण पोष्टलाई पत्रकार महासंघको यस्तो चेतावनी (पत्रसहित)

    अन्नपूर्ण पोष्टलाई पत्रकार महासंघको यस्तो चेतावनी (पत्रसहित)

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । नेपाल पत्रकार महासंघले अन्नपूर्ण पोस्टलाई कडा चेतावनीसहित सातदिन भित्र हाल जिम्मेवारीविहीन बनाइएका पत्रकारहरुको पारिश्रमिक दिन आग्रह गरेको छ।

    आइतबार महासंघले नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रा.लि.लाई पत्र लेख्दै सात दिनभित्र सम्पूर्ण सेवा सुविधा नदिए श्रम शोषण गरेको व्यहोरा जानकारी गराउँदै अन्तर्राष्ट्रिय श्रम संघगठन आइएलोलाई पत्रचार गर्ने चेतावनी दिएको हो।



    नेपाल न्यूज नेटवर्कले कोरोना महामारीसँगै त्यसैको बाहनामा अन्नपूर्ण सम्पादकीय विभागमा कार्यरत ६ जना पत्रकारहरुको पारिश्रमिक रोक्नुका साथै कामबाट पनि जिम्मेवारीविहीन बनाएको छ।



    लामो समयदेखि आग्रह गर्दा पनि पारिश्रमिक नदिएको र काममा समेन नफर्काइएपछि महासंघले कडा आपत्ति प्रकट गर्दै पत्र पठाएको हो ।

    कोरोना महामारीका बेलासमेत पारिश्रमिक माग गर्दा पारिश्रमिक दिनुको साटो दुर्गम जिल्लाहरुमा सरुवा गरेपछि ६ जना पत्रकार न्यायका लागि महासंघ गुहार्न पुगेका थिए।

    यसअघि वार्ताबाट समाधान खोज्ने अन्नपूर्णको प्रतिबद्धता अनुसार महासंघले आन्दोलन स्थगित गरेको थियो। तर, त्यसको सुनुवाई गर्नुको साटो उल्टै महासंघलाई तथ्य बंग्याउँदै माफी मागेको भनी पत्र लखेपछि यसपटक महासंघले कडा चेतावनीसहित सम्पूर्ण पारिश्रमिक उपलब्ध गराउन चेतावनी दिएको हो ।

    महासंघले सात दिनभित्र समस्या नसुल्झाए अन्नपूर्ण घेराउसहित श्रम शोषण गरेको व्यहोरा लेख्दै आइएलो र नेपालस्थिति कुटनीतिक नियोगमासमेत पत्राचार गर्ने बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार