काठमाडौं । नेपाल राष्ट्र बैंककाे प्रमुख कार्यालय बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाे छ । कर्मचारीमा कोरोना देखिएपछि बालुवाटारस्थित उनको विभागमा सिल गरिएको छ । विभाग सिल गरेर उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गरिएको राष्ट्र बैंकले जनाएकाे छ ।
राष्ट्र बैंकका एक अधिकारीले दिएको जानकारी अनुसार संक्रमण देखिएका कर्मचारी मुद्रा व्यवस्थापन विभागमा कार्यरत थिए । स्वास्थ्यमा समस्या आएपछि आफैंले परीक्षण गराएका उनलाई बुधबार संक्रमण पुष्टि भएको राष्ट्र बैंकले बताएको छ ।
Leave a Reply