चितवन । प्रहरीले ज्यान मार्ने धम्की दिएर १५ लाख फिरौती माग गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा-१ का २६ वर्षीय दिपक विक र वडा-२६ का २५ वर्षीय सागर विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूले फोन गरेर १५ लाख रकम फिरौती माग गरेर नदिए गोली हान्ने धम्की दिएका थिए ।
प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
रुपन्देहीको असुरैना घर भई भरतपुर महानगरपालिका-१ मा व्यवसाय गरेका करण गुप्तालाई फिरौती माग्दै ज्यान मार्ने धम्की दिएका थिए।
उनीहरुमाथि आपराधिक षड्यन्त्र मुद्दामा प्रहरीले थप अनुसन्धान थालेको छ ।
Leave a Reply