Online Nepal
  • आइतबार, २० असोज २०८१
  • डीआईजी खापुङले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

    डीआईजी खापुङले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 2.2K
    SHARES

    विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख ‍प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले पदभार ग्रहण गरेका छन् ।

    हालै सरुवा भएर आएका डिआईजी खापुङले आज बुधबार पदभार ग्रहण गरेका हुन् ।



    नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाडौंबाट उनी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका थिए ।



    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदभार ग्रहण पश्चात उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई कानूनको परिधिमा रहेर आ-आफ्नो पदीय जिम्मेवारी वहन गरी समाजमा शान्तिसुरक्षा कायम राख्न अहोरात्र खटिई जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार