Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • साइबर ब्यूरोद्धारा ‘गौशाला-२६’ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

    साइबर ब्यूरोद्धारा ‘गौशाला-२६’ भन्दै युवतीको फोटो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 1.6K
    SHARES

    कमाठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी गौशाला-२६ भन्दै एक युवतीको ‍‍फोटो सार्वजनिक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीको साइबर ब्यूरोले संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेका हो।



    राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत भएको छ ।



    पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

    जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई अघिल्लो साता बुधबार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।

    त्यसपछि लामिछानेका समर्थकहरुले पीडित गौशाला २६ भन्दै विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

    एक युवतीले राईविरूद्ध साइबर ब्यूरोमा केही दिनअघि जाहेरी दिएकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार