Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • न्यायाधीश गिरीविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

    न्यायाधीश गिरीविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 648
    SHARES

    काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्ध परेको रिट निवेदन आज हेर्न नभ्याइने सूचीमा परेको छ।

    सर्वोच्चका न्यायाधीशद्वय द्वय डा.मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।



    न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको थियो ।



    न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौं जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् ।

    दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

    न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ ।

    तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार