Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रेस पास जारी तथा नवीकरण स्थगित

    प्रेस पास जारी तथा नवीकरण स्थगित

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 7.5K
    SHARES

    काठमाडाैं । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ। विभागले एक विज्ञप्ति जारी गरेर कोरोना संक्रमणको बढ्दो जोखिमका कारण प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको हाे ।

    प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल संभव नभएको हुँदा हाललाई स्थगित गरिएको सूचना तथा प्रसारण विभागद्वारा जारी सूचनामा जनाइएको छ। तर, श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रार समक्ष दिने उजुरी र सोसम्बन्धी काम भने निरन्तर हुने जानकारी दिइएको छ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार