Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे सचिवालय हेरफेर, १३ जना कर्मचारी हटाए

    प्रधानमन्त्री प्रचण्डले गरे सचिवालय हेरफेर, १३ जना कर्मचारी हटाए

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 798
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयमा हेरफेर गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज सचिवालयका महत्त्वपूर्ण पदहरुमा रहेका १३ जनालाई हटाएका हुन् ।

    माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन् ।



    प्रधानमन्त्रीको निर्देशनअनुसार उनीहरूलाई बिदाइ गरिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव सन्तकुमार दरैले जनाएका छन् ।



    यसअघि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा १० पुसमा गरेको सम्बोधनमा सरकारको कार्यशैली बदल्ने भन्दै सुधारको काम प्रधानमन्त्री कार्यालयबाटै शुरू गर्ने बताएका थिए ।

    प्रधानमन्त्री प्रचण्डले मन्त्रीका साथै आफ्नो सचिवालयमा समेत व्यापक हेरफेर गर्ने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार