काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा आरती गेटबाटै पक्राउ परेकी हुन् ।
प्रहरीले आरतीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ । गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् ।
त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।
रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।
Leave a Reply