Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – थारू समुदायले थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्छ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – थारू समुदायले थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 624
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् ।

    सोमबार काठमाडौंको टुंडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकारहरू संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताए ।



    उनले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिए । अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धीहरूसमेत गुम्नसक्नेतर्फ सम्पूर्ण नेपालीलाई उनले सचेत गराए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार