Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • प्रधानमन्त्री कप : विनोदको शतकसँगै आर्मीको विजयी सुरुवात

    प्रधानमन्त्री कप : विनोदको शतकसँगै आर्मीको विजयी सुरुवात

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 639
    SHARES

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेशमाथि १२६ रनको फराकिलो जित निकालेको छ ।

    कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकको मद्दतले आर्मी क्लबले मधेसई एक सय २६ रनको विशालअन्तरले हराएको हो। आर्मीका लागि कप्तान विनोद भण्डारीले ९३ बलमा ९ चौका र ६ छक्का सहित ११३ रन बनाए ।



    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो ।



    ओपनर इमरान शेख २६ तथा अर्का ओपनर सन्तोष कार्की ४२ रनमा आउट भए । कुशल मल्ल र विवेक यादवले सामान ३७ रन बनाए ।मधेशका लागि रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए ।

    विशाल पटेलले २ विकेट लिँदा रुपेश सिंह र राजेश यादवले समान १ विकेट लिए ।आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८.३ ओभरमा १९४ रनमा अलआउट भयो ।

    मधेशका लागि पवन सराफले सर्वाधिक ६५ रन बनाए । उनले ३ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । ओपनर मयन यादवले ३४ रन बनाए । अर्का ओपनर अनिल शाहले १२ रन बनाए । रुपेश सिंहले १, विशाल पटेलले १७ रन बनाए ।

    राजेश यादव ३२ रनमा अविजित भए । आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले २ विकेट लिए ।

    जितेन्द्र मुखिया र कुशल मल्लले १/१ विकेट लिए । पहिलो खेलमा कोशीमाथि ७ विकेटको जित हात पारेको मधेशको यो पहिलो हार हो भने आर्मीले पहिलो खेल नै जितेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार