मुगु। मुगुको गमगढीमा डेरा गरी बस्दै आएकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको घटना ४ महिनापछि बाहिरिएको छ ।
छायाँनाथ रारा नगरपालिका-१४ स्थायी घर भइ गमगढीमा डेरा बस्दै आएकी पीडितले ९ जनाविरुद्ध जबर्जस्ती करणीको किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
बालिकाको जाहेरेपछि केहीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीले नगर प्रहरी र एक कर्मचारीसहित पाँचजना पक्राउ गरिसेको छ ।
बाँकी चारजना फरार छन् । प्रकाउ पर्नेमा छायाँनाथ रारा नगरपालिका-५, कार्की वाडाका ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा करारतमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ का २२ वर्षीय वसन्त रोकाया र ३ जना नाबालक छन् ।
प्रहरीले कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र नाबालकको खोजी भइरहेको जनाएको छ । पीडितको जाहेरीमा उल्लेख भएअनुसार उनीहरूले भदौ र असोजमा गरी पटक-पटक बालिकामाथि सामूहिक बलात्कार गरेका हुन् ।
बालिकाले आफूमाथि भदौ र असोजमा दुईपटक सामूहिक बलात्कार भएको भन्दै छुट्टाछुट्टै किटानी जाहेरी दर्ता गराएकी छिन् ।
बालिकाले असोज १० गते वसन्तले आफू बस्ने कोठामा आएर एकछिन काम छ भनेर बाहिर आएपछि आफ्नो हात समाएर आफूसँगै हिँड्न लगाएर कृषि विकास कार्यालय भवनको एउटा कोठामा पुर्याएर बलात्कार गरेको बयान दिएकी छन् ।
कोठामा पुग्नेबित्तिकै सवारी चालकले कठायतले लोभ र डर देखाउँदै जबर्जस्ती गरेको उनको भनाइ छ । पक्राउ परेकाहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
Leave a Reply