Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सडक डिभिजन प्रमुख चौधरी अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

    सडक डिभिजन प्रमुख चौधरी अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सडक डिभिजन कार्यालय मोरङका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरी अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन्।

    विशेष अदालतले आइतबार उनीविरुद्धका दुईवटा मुद्दाको फैसला गर्दै घुस लिएको आरोपमा सफाइ दिएको छ भने अकुत सम्पत्ति आर्जनमा दोषी ठहर्‍याएको हो ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ सालमा जितेन्द्रविरुद्ध मुद्दा दायर गरेको थियो ।



    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित रामबहादुर थापा र रितेन्द्र थापको इजलासले चौधरीलाई गैरकानूनी सम्पत्ति आर्जनमा मात्र दोषी ठहर गरेको हो ।

    अदालतका अनुसार चौधरीले २ करोड ४४ लाख ९३ हजार ७ सय ६५ रूपैयाँ अकुत सम्पत्ति आर्जन गरेको ठहर भएको छ।

    चौधरीले श्रीमती र छोराका नाममा सम्पत्ति जोडेको भन्दै जफत प्रयोजनका लागि उनीहरूलाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको थियो ।

    स्रोत नखुलेको सम्पत्ति जफत हुने छ । चौधरीलाई हुने सजाय निर्धारणका लागि माघ १५ गतेलाई पेशी तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार