Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डको आश्वासन

    काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित उपलब्ध गराउने प्रधानमन्त्री प्रचण्डको आश्वासन

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 576
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताएका छन् ।

    सिंहदरबारभित्र मेलम्चीको पानी पुनर्वितरण शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउने बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले काठमाडौंवासीलाई मेलम्चीको पानी नियमित रुपमा उपलब्ध गराउने आश्वासन दिए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । हाल मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ ।’

    प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताए ।

    प्रधानमन्त्रीले सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा. दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार