Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले गरे मेलम्ची खानेपानीको पुनः वितरण शुभारम्भ

    प्रधानमन्त्री प्रचण्डले गरे मेलम्ची खानेपानीको पुनः वितरण शुभारम्भ

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 492
    SHARES

    काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।



    कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा काठमाडौंबाट निर्वाचित जनप्रतिधिहरूको समेत उपस्थिति थियो।



    बुधबारबाट हेलम्बु गाउँपालिका–१ अम्बाथानबाट मेलम्चीको पानी पथान्तरण सुरू गरिएको थियो।

    अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार