Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • मध्यराति खुकुरी हानेपछि विराटनगरबाट एक जना पक्राउ

    मध्यराति खुकुरी हानेपछि विराटनगरबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 750
    SHARES

    विराटनगर । मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा झापा घर भइ हाल विराटनगर-८ बस्दै आएका विक्रम थपलिया रहेका छन् ।



    राति साढे १ बजे विराटनगर ११ का रोनाल कँडेललाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।



    विराटनगर बसपार्कनजिक खुकुरी प्रहार गरेको सूचना पाएपछि मध्यराति कँडेललाई उद्धार गरिएको थियो ।

    प्रहरीले सँगसँगै थपलियालाई पक्राउ गरेको छ। घाइते कँडेलको अहिले विराट अस्पतालमा उपचार भइरहेको छ ।

    उनको टाउकोमा चोट लागेको छ । पक्राउ परेका थपलिया पनि सामान्य घाइते छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार