काठमाडौं । मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउन लागेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार (माघ १ मा) सिंहदरबारमा आयोजना हुने कार्यक्रमबिच मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ गर्न लागेका हुन् । सो सँगै पानी उपत्यकावासीको धारामा पुग्ने छ ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार मेलम्चीको पानी सुन्दरीजल आइप्सिकेको छ। आइतबार अनामनगरको ट्यांकीमा जम्मा गर्न सुरू गरिने र सोमबारबाट वितरण सुरू गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
मेलम्चीबाट अहिले करिब साढे आठ करोड लिटर हाराहारी मात्रै पानी आएको छ। सुरूङ सफा गर्ने प्रयोजनका लागि बुधबारबारबाटै पानी पथान्तरण सुरू गरिएको थियो ।
Leave a Reply