एजेन्सी । चीनको हेनान प्रान्तमा रहेको एउटा कोइला खानीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
खानीमा कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
विस्फोटको समयमा खानीभित्र ४ सय २५ जना कामदार रहेकामा तीन सय ८० जनाको भने उद्धार गरिएको सिन्ह्यामा उल्लेख छ । उनीहरुको सबैको अवस्था समान्य रहेको छ ।
कोइला खानी सञ्चालकहरूलाई सार्वजनिक सुरक्षा अधिकारीहरूले पक्राउ गरेका छन् ।
Leave a Reply