Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • न्यूकासललाई पराजित गर्दै म्यानचेष्टर सिटी विजयी

    न्यूकासललाई पराजित गर्दै म्यानचेष्टर सिटी विजयी

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 450
    SHARES

    एजेन्सी । म्यानचेष्टर सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति न्यूकासललाई पराजित गर्दै सिटी ४३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा पुगेको हो ।

    न्यूकासलकै घरेलु मैदान सेन्ट जेम्स पार्कमा सिटीले उविरूद्ध ३ गोल प्रहार गरेको थियो । न्यूकासलले २ गोल गरेपनि हार टार्न सकेन।



    सिटीका लागि बर्नान्डो सिल्भा, केभिन डिब्रुयन र ओस्कार बबले गोल गरे । न्यूकासलकाअलेक्जेन्डर इशाक र एन्थोनी गोर्डोनले गोल गरे।



    सिटीको शीर्ष स्थानको लिभरपुलभन्दा २ अंक कम छ। लिभरपुलले २० मध्ये १३ खेल जितेर ४५ अंक जोडेको छ। तेस्रो स्थानको एस्टन भिल्लाको ४२ अंक छ भने ४० अंक जोडेको आर्सनल चौथो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार