Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सुर्खेतको वीरेन्द्रनगरमा थप १९ जनामा कोरोना संक्रमण

    सुर्खेतको वीरेन्द्रनगरमा थप १९ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.7K
    SHARES

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

    जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतनिधी वाग्लेले सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।



    बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको प्रमुख वाग्लेले जानकारी दिए ।



    केही दिन अगाडि सुर्खेतमा सरकारी कार्यालयका ४, हलुका सवारी चालक, पर्साबाट आएका ३ कामदार, २ सैलुन कामदारमा पनि कोरोना संक्रमण देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार