काठमाडौं । शुक्रबार राथि राप्ती नदीमा खसेको बसका चालकले चक्का नमोडिएपछि बस नदीमा खसेको बताएका छन् ।
सल्यान त्रिवेणी गाउँपालिका-४ का २८ वर्षीय लाल बहादुर नेपालीले मोड्ने बेला चक्का नघुमेपछि बस पुलबाट नदीमा खसेको बताएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङमा बस चालक लालबहादुरले ‘ड्राइभ शाफ्ट’ बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएका छन् ।
यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दुर्घटनामा सामान्य घाइते भएका चालक लालबहादुर प्रहरीको नियन्त्रणमा छन् ।
नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजे पुलबाट तल राप्ती नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।
Leave a Reply