Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • भालुवाङ बस दुर्घटना अपडेट : चार जनाको अझै भएन सनाखत

    भालुवाङ बस दुर्घटना अपडेट : चार जनाको अझै भएन सनाखत

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 669
    SHARES

    दाङ । दाङको भालुवाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको थियो ।



    नमस्ते नेपाल यातायात प्रालीको भे १ ख ३९१२ नम्बरको।बस पुलको बार तोडेर तल खस्दा बसमा सवार १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    बस अनियन्त्रित भएर पुलको बार तोडेर राप्ती नदीमा खसेको थियो । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बाँके र रुपन्देही पठाइएको छ ।

    मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    घाइते हुनेहरूमा जुम्ला जिल्ला हिमा गाउँपालिका ४ बस्ने वर्ष २० का बालकृष्ण शाही, बाँके कोहलपुर निवासी वर्ष २१ का धनबहादुर पुन मगर, काठमाडौँ चाबहिल बस्ने वर्ष ४४ का सुवास सार्की, रौतहट बस्ने वर्ष २६ का सञ्जय कार्की, जुम्ला जिल्ला निवासी वर्ष १९ का विशाल बोहोरा रहेका छन् ।

    त्यसै गरी काठमाडौँ बस्ने वर्ष ११ की आज्ञा पाण्डे, काठमाडौँ बस्ने वर्ष ३८ की मञ्जु शर्मा, काठमान्डु लल्लुचौतारा बस्ने वर्ष २३ का सज्नु बढुवाल, काठमाडौँकै ४५ बर्सिया राधा पाण्डे, बसका सहचालक बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका २ बस्ने वर्ष ३१ का कुलबहादुर गोसाई, बाँके नेपालगन्ज उपमहानगरपालिका ३५ की लीला वली, सह–चालक बाँके बैजापुर गाउँपालिका ३ बस्ने वर्ष २१ का शङ्कर थारु,

    भारत बहराईज मटेरा बस्ने वर्ष २८ का राहुलकुमार यादव, भारत बहराईज मटेरा बस्ने वर्ष २० की छोटी सिलौटा,कालिकोट माहाबै गाउँपालिका ५ बस्ने वर्ष ४५ का तिलकप्रसाद उपाध्याय, बाँके नेपालगन्ज उपहानगरपालिका १२ बस्ने वर्ष २४ को आसुतोस गौतम,

    बाँके डुरूवा गाउँपालिका १ बस्ने वर्ष २५ को मोहमद जावेद, बर्दिया बस्ने वर्ष २२ का साजिव थारु, बाँके बस्ने वर्ष १८ का दशरथ बिक, बाँके जिल्ला निवासी वर्ष १९ का नफिख खान, डोल्पा जिल्ला निवासी वर्ष ३५ का धनकली बुढा, बाँके जिल्ला निवासी कोरीरन्जन कोरी, बाँके जिल्लाकै वर्ष २० का अर्वाज नाउ घाइते भएकमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार