Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • अब मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान नपाउने

    अब मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान नपाउने

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 843
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरूलाई नियम विपरीत विदेश भ्रमणमा जान बन्देज गरिएको छ ।

    राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरूलाई विदेश भ्रमणमा नपठाउन निर्देशन दिएको हो ।



    सतर्कता केन्द्रका अनुसार मन्त्रीहरूले कर्मचारीको कोटामै आफ्ना स्वकीय सचिवालयका कर्मचारी लैजान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र आयोगले यसबारे आवश्यक कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाएको थियो ।



    २०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुरूप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरू र सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयलाई निर्देशनसमेत दिइएको छ ।

    अब सरकारको खर्च हुने गरी स्वकीय सचिवालयका कर्मचारीले विदेश भ्रमणमा जान नपाउने भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार