Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाले गरे भेटवार्ता

    राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाले गरे भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 561
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

    राष्ट्रपति पौडेलको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड , केपी ओली र कांग्रेस सभापति देउवा एकसाथ शितलनिवास पुगेका हुन् ।



    भेटमा राष्ट्रपति पौडेलले मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराए।



    राष्ट्रपति पौडेलले प्रधानमन्त्री र सत्ता तथा प्रतिपक्षी दलका शीर्ष नेतालाई बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका छन् ।

    राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु बनाउन र निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराए ।

    त्यस्तै, राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो-तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरु गर्न पनि ध्यानाकर्षण गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार